चितवन विशेष

चितवनका युवा व्यवसायी कृष्ण सापकोटा पुरस्कृत

Banner

चितवन, फागुन २८–

चितवनका युवा व्यवसायी कृष्ण सापकोटा उद्योग वाणिज्य संघ–चितवन हिरालाल सन्तुदेवी उत्कृष्ट युवा उद्यमी पुरस्कार २०७६–७८ बाट पुरस्कृत भएका छन् ।

उद्योग वाणिज्य संघ–चितवनले शनिबार ५५औं वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा सापकोटालाई पुरस्कृत गरेको हो । चितवनमा उद्योग/व्यवसाय संचालन गरि नवप्रवर्तक प्रविधिको उच्चतम प्रयोग गर्दै रोजगार सिर्जना र यस क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै कालिका हस्पिटालिटी एण्ड फुड्स प्रा.लि.का कार्यकारी निर्देशक सापकोटालाई नगद एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, संघका अध्यक्ष राजु श्रेष्ठ र पुरस्कारका प्रमुख संरक्षक ज्ञानेन्द्रमान प्रधानले सापकोटालाई नगद र सम्मान पत्रले सम्मान गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>