अर्थ
सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ
०

काठमाडौँ, फागुन २७-
नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























