चितवन विशेष

व्यवसायीहरुको चाहना बमोजिम नै उपाध्यक्षमा उम्मेद्वारी दिएको हुँः शिरिष पन्त

Banner

चितवन, फागुन २७–

चितवनका युवा व्यवसायी शिरिष पन्त व्यवसायीहरु माझ चिनिएको नाम हो । भरतपुर क्षेत्रमा उत्सव हार्डवेयर संचालन गरि २ दशकदेखि व्यवसायिक क्षेत्रमा लागि परेका पन्तलाई नचिन्ने सायहै होलान् । तिनै युवा व्यवसायि पन्त अहिले उद्योग वाणिज्य संघ–चितवनको वाणिज्यतर्फको उपाध्यक्षमा चुनावी मैदानमा छन् ।

दुई कार्यकाल कार्यसमिति सदस्य भएर आफ्नो अनुभव र दक्षता प्रकट गरि सकेका पन्त अहिले पदाधिकारीमा उम्मेद्वारी दिएर व्यवसायिक हकहितमा लागि पर्न चुनावी मैदानमा उत्रिएका हुन् । दुई कार्यकाल कर्पोरेटतर्फको सदस्यमा निर्विरोध निर्वाचित भएका पन्त यसपटक शंकर नेपालसंग प्रतिस्पर्धामा छन् ।

युवा व्यवसायि पन्त अहिले तीन वटा उद्योग समेत संचालन गरिरहेका छन् । हार्डवेयरसंगै भरतपुर रेडिमिक्स, नेपाल नेश्नल पेन्ट्सलगायत उद्योग पन्तले संचालन गरेका छन् । व्यवसायसंगै उद्योग स्थापना गरेर २ सय भन्दा बढीलाई राजगारी दिन सफल पन्त चितवनका सबै व्यवसायीहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेका छन् । नारायणगढका एक व्यवसायीले भने–‘शिरिषजी जस्तो युवाहरु पदाधिकारीमा आउनुपर्छ, व्यवसायीको हकहितमा उहाँ लागि पर्ने मान्छे हो, उहाँको चुनावी माहोल राम्रो देख्छु ।’

व्यवसायी पन्त कोरोना भाइरसको सन्त्रास फैलिएको बेला स्वास्थ्य सचेतना कार्यक्रममा सक्रिय रहे । उनी उद्योग वाणिज्य संघकै स्वास्थ्य समितिको संयोजक रहेर विभिन्न स्वास्थ्य क्षेत्रहरुमा स्वास्थ्य सामग्री वितरणदेखि व्यवसायीहरुलाई पनि स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहे । फ्रन्टलाइनमा रहेर कार्य गर्ने ट्राफिक प्रहरीदेखि स्वास्थ्यकर्मीहरुलाई उनले स्वास्थ्य सुरक्षा सामग्री वितरणमा तल्लिन रहेका थिए । त्यसबेला व्यवसायीमा परेका समस्याका लागि उनी कहिल्यै पनि पछि हटेनन् ।

यसपटक उनी कर र पार्किङको समस्या समाधानका लागि उत्सुक छन् । त्यसका लागि पदाधिकारीमा निर्वाचित हुन आवश्यक रहेको पन्त बताउँछन् । ‘व्यवसायीका ठूला समस्या हल गर्न पदाधिकारीमा पुग्न आवश्यक छ, कर, पार्किङलगायतका समस्या समाधान गर्न व्यवसायीहरुले मलाई मत दिनुहुन्छ भन्ने अपेक्षा छ’–व्यवसायी पन्तले भने ।

व्यवसायी पन्त रोटरी क्लब अफ चितवन, लायन्स क्लब चितवन राइजको सदस्य, युथफर व्लड चितवनको सल्लाहकारका रुपमा उहाँ सामाजिक काममा सक्रिय हुनुहुन्छ । “म साझा उम्मेदवार हुँ”, उहाँले भन्नुभयो, “यसपाली प्यानल कसैको छैन, यसपाली युवाको नेतृत्व जरुरत छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>