Breaking News

सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने

Banner

काठमाडौँ, फागुन २६–

जेष्ठ नागरिकहरुको उपचारमा सहजताका लागि सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ ।

मन्त्रिपरिषद्‍को आज (बिहीबार) बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । त्यसपछि अस्पताल निर्माण प्रक्रिया अगाडि जाने उनले बताए ।

यस्तै ५० वर्षभन्दा माथिका सबै नेपाली नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ । यो निर्णय १५ दिन पछाडिदेखि नै कार्यान्वयनमा जाने स्वास्थ्यमन्त्री खतिवडाले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>