चितवन विशेष

चितवनमा सेञ्चुरी कमर्सियल बैंकको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

Banner

चितवन, फागुन २६–

सेञ्चुरी कमर्सियल बैंक लि.को ११ औं वार्षिकोत्सवको अवसरमा चितवनका शाखा कार्यालयहरुले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

सामाजिक उत्तरदायित्व वहन गर्दै चितवनमा रहेका शाखा कार्यालयहरुले आज (बिहीबार) पाँच किसिमका कार्यक्रमहरु सम्पन्न गरेका छन् । नारायणगढ र बेलचोक शाखा कार्यालयले संयुक्त रुपमा देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित वृद्ध आश्रममा एक दिनको भोजन तथा विभिन्न अत्यावश्यक सामग्रीहरू वितरण गरेको छ ।

यस्तै शरदपुर माध्यमिक विद्यालय, शरदपुरका कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरूलाई वित्तिय साक्षरताअन्तरगत डिजिटल बैंकिङको अवधारणा बारे जानकारी समेत प्रदान गरिएको छ ।

त्यसैगरि टाँडी शाखाले देवघाट क्षेत्रमा रहेको गलेश्वर आश्रममा एक दिनको भोजन गराएको छ । कालिका–२, भटेनीका ग्रामीण समुदायका भटेनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरूलाई बैंकिङ साक्षरता कार्यक्रम समेत शाखाले सम्पन्न गरेको छ । यस्तै बैंकले पटिहानी शाखामा विगत लामो समयदेखि बैंकिङ सुविधा उपयोग गरी बैंकिङ कारोवार गर्नुहुने उत्कृष्ट १५ बचतकर्ताहरूलाई सम्मान स्वरुप मायाको चिनो समेत प्रदान गरिएको छ ।

नेपालमा बैकिङ पहुँच नपुगेका ठाउँमा अधिकतम सूचना प्रविधीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्न “सरल बैंकिङ सबैको लागि” भन्ने मूल नाराका साथ वि.सं २०६७ पौष १८ गते स्थापना भएको यस बैंक वि.सं. २०६७ फागुन २६ गतेदेखि वित्तीय कारोबार गर्दै आएको छ । हाल देशको ७ वटै प्रदेशको देशभर शाखा, एक्टेन्सन काउण्टर, शाखारहित बैकिङ र एटिम मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी करिब ९ अर्ब ३४ करोड रहेको छ ।

हाल चितवनमा ६ वटा शाखाहरु–नारायगढ, बेल्चोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानीबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>