अर्थ
साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि
०

काठमाडौं, फागुन २६-
साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ ।
नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
बिहीबार नेप्से परिसूचक २५६६।७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ । लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।
बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।
सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























