अन्तर्राष्ट्रिय

युक्रेनको सुमी शहरमा भएको बम विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु

Banner

युक्रेन, फागुन २४-

युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ ।

सोमबार राति ‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’, उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्। रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>