चितवन विशेष

चितवन मेडिकल कलेजले पायो क्युएए प्रमाणपत्र

Banner

चितवन,फागुन २४-

चितवन मेडिकल कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्रदान गरेको छ । आयोगद्वारा बनाइएको निश्चित मापदण्ड पूरा गरेपछि कलेजले यो प्रमाणपत्र प्राप्त गरेको हो । आयोगका अध्यक्ष प्रा.भीमप्रसाद सुवेदीले कलेजका अध्यक्ष प्रा.डा. हरिश्चन्द्र न्यौपाने, प्रिन्सिपल प्रा.डा.ममता तिवारी लगायतका कलेजको टोलीलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

चितवन मेडिकल कलेज क्युएए प्रमाणपत्र पाउने पहिलो मेडिकल कलेज बनेको छ । प्रमाणपत्र प्राप्त गरेसँग शैक्षिक क्षेत्रमा एक विशिष्ट तथा नेतृत्वदायी संस्थाको रुपमा यस कलेजलाई विकास गर्न सकेको प्रिन्सिपल तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “यो प्रमाणपत्रले गौरव महसुस गराएको छ । यस प्रक्रियामा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, कलेज व्यवस्थापक, शिक्षक, त्रिभुवन विश्वविद्यालयलगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।” प्रमाणपत्र प्राप्त गरेसँग थप चुनौती र जिम्मेवारी थपिएको भन्दै उहाँले संस्थाले प्रदान गर्ने शिक्षामा गुणस्तरीयता कायम राख्ने कुरामा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>