देश/प्रदेश

चिकित्ककले सुत्केरीको पाठेघर भित्रै निडिल सुई छुटाएपछि…

Banner

रौतहट,फागुन २४-

रौतहटमा चिकित्सकले सुत्केरी गराउदा चरम लापरवाही गरेका भेटिएको छ । दुर्गा भगवती गाउपालिकाको प्रथामिक उपचार केन्द्र गंगा पिप्रामा महिलाको सुत्केरी गराउने क्रममा चरम लापरवाही भेटिएको हो । चिकित्सकले उक्त गाउपालिकाको वाड नं. १ छतवनकी १९ बर्षिय अम्बिका महतोलाई सुत्केरी गराउने क्रममा पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।

उनको अप्रेशनमा डा.संजितकुमार साह नेतृत्वको टोली खटिएको थियो । अम्बिकालाई गएराती सुत्केरीको ब्यथा लागेपछि सो अस्पतालमा पुर्याइएको उनका श्रीमान जितेन्द्र महतोले बताए । अप्रेसनपछि स्वस्थ छोरीको जन्म भएको श्रीमान महतोको भनाई छ ।

अप्रेसन गरिएको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएपछि अम्बिकालाई चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुर ल्याइएको श्रीमान जितेन्द्र महतोको भनाइ छ । चन्द्रपुर अस्पतालका प्रमुख डा.सुबास चौधरीले सोमबार बिहान महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको जानकारी दिए ।

अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पतालले जनाएको छ । प्रसुति गाराउने क्रममा स्वास्थ्यकर्मीले चरम लापरवाही गरेको श्रीमान महतोले बताए । जसको कारण करिब २० हजार भन्दा बढी रकम सुत्केरीमा खर्च भएको उनले गुनासो गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>