Breaking News
कांग्रेस चितवन निर्वाचनः पदाधिकारीमा कसले कति मत ल्याए ? (पुरा मतपरिणाम सहित)

चितवन, फागुन २३–
नेपाली कांग्रेस चितवनको पदाधिकारीको मतपरिणाम सोमबार बेलुकी सार्वजनिक भएको छ । दुई दिन लगाएर सोमबार बेलुका पदाधिकारी सबैका मतपरिणाम सार्वजनिक गरिएको हो ।
उपसभापतिमा कडा प्रतिस्पर्धा हुँदा शालिग्राम शर्मा पौडेल (८६१) र राजीव न्यौपाने (८२८)ले बाजी मारेका छन् ।
यस्तै कांग्रेस चितवनको सचिवमा सूर्य अर्याल (११७२) र ध्रुवराज पोखरेल (८१७) निर्वाचित भएका छन् । यसैगरि सह–सचिवमा गोपाल दराई (९४८) र दिनेश अधिकारी (७३४) निर्वाचित भएका छन् ।
पदाधिकारीमा कुल ६ पदका लागि ३३ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । शुक्रबार भएको निर्वाचनमा कुल २ हजार ८२० मत खसेको थियो ।
हेर्नुहोस् पुरा मतपरिणाम
उपसभापति (२):
उद्धव बहादुर लोहनीः २८६
तेज प्रकाश अधिकारीः १९९
निर्मल कुमार श्रेष्ठः १९२
निलमणि पाठकः २५५
बुद्धि बहादुर गुरुङ्गः ५७७
भुवन खनालः १९८
महेश बानियाँः ४०१
मोहित जङ्ग पान्डेः १३
रघुनाथ भट्टः ३७३
राजन गौतमः १०८
राजीव न्यौपानेः ८२८
राजेन्द्र डोटेलः १३७
शालिग्राम पौडेलः ८६१
शुरबिर पोख्रेलः ५५९
हेमलाल भट्टराई १५४
सचिव (२):
आनन्द राज राउतः ६८४
दिपक अधिकारीः ३६८
ध्रुबराज पोख्रेलः ८१७
निर्मलराज पौडेलः ५७०
भरत प्रसाद दवाडीः ६८२
शिव प्रसाद शर्मा पौडेलः २४०
सूर्य अर्यालः ११७२
सूर्य ढकालः ५०२
सह–सचिव (२):
केदारनाथ पन्तः ४३१
केशब नारायण श्रेष्ठः ३५४
गोपाल दराइः ९४८
झलक बहादुर गुरुङ्गः ५१७
दिनेश अधिकारीः ७३४
नबिन राज पौडेलः २७४
प्रदिप चन्द्र पन्डितः १३१
भोजराज देवकोटाः ३१५
राजन कार्कीः ५९१
विनिता चापागाईः ६९०


























