Breaking News

चितवनका स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा रत्ननगर नगरपालिका सबै भन्दा पछाडि

Banner

चितवन, फागुन २३-

चितवनको स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्यांकनमा रत्ननगर नगरपालिका अन्तिम भएको छ ।

राष्ट्रिय प्राकृतिक तथा बित्त आयोगले फागुन १८ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लाका सात स्थानीय तहमा रत्ननगर नगरपालिका अन्तिम भएको हो ।

प्रतिशतको आधारमा राप्ती नगरपालिकाले ६६.२८ अंक ल्याएर पहिलो, कालिका नगरपालिका ५८.२८ अंक ल्याएर दोस्रो, खैरहनी नगरपालिका ५६.३७ अंक ल्याएर तेस्रो, माडी नगरपालिका ५५.८८ अंक ल्याएर चौथो, इच्छाकामना गाउँपालिका ५४.७३ अंक ल्याएर पाचौं , भरतपुर महानगरपालिका ५१.०८ अंक ल्याएर छैठौं र रत्ननगर नगरपालिका ४८.०९ अंक ल्याएर सातौं भएका छन् । मूल्यांकनमा नगरपालिकामा रहेका विद्यार्थी संख्या, अनुमानित गर्भवती महिला, चारपटक गर्भ जाँच गरे वा नगरेको, संस्थागत प्रसुति संख्या, पूर्ण खोप लगाएका बालबालिकाका संख्या लगायतलाई आधार बनाइएको थियो ।

त्यसैगरी रत्ननगर नगरपालिकाले स्थानीय तहले आगामी आर्थिक वर्षको लागि आयव्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण चालु आर्थिक वर्षको पुस मसान्तभित्र पेस नगरेको पाइएको छ । उसले हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित नगरसभामा पेस नगरेको पनि देखिएको छ । रत्ननगर नगरपालिकाले आर्थिक मसान्तमा बजेटको वार्षिक समीक्षा पनि नगरेको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>