Breaking News
चितवनका स्थानीय तहः कार्यसम्पादनमा राप्ती पहिलो, भरतपुर महानगरपालिका छैठौं स्थानमा

चितवन, फागुन २३-
चितवनको स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्यांकनमा राप्ती नगरपालिका पहिलो भएको छ भने भरतपुर छैठौं स्थानमा रहेको छ ।
राष्ट्रिय प्राकृतिक तथा बित्त आयोगले फागुन १८ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लाका सात स्थानीय तहमा राप्ती पहिलो भएको हो ।
प्रतिशतको आधारमा राप्ती नगरपालिकाले ६६.२८ अंक ल्याएर पहिलो, कालिका नगरपालिका ५८.२८ अंक ल्याएर दोस्रो, खैरहनी नगरपालिका ५६.३७ अंक ल्याएर तेस्रो, माडी नगरपालिका ५५.८८ अंक ल्याएर चौथो, इच्छाकामना गाउँपालिका ५४.७३ अंक ल्याएर पाचौं , भरतपुर महानगरपालिका ५१.०८ अंक ल्याएर छैठौं र रत्ननगर नगरपालिका ४८.०९ अंक ल्याएर सातौं भएका छन् । मूल्यांकनमा नगरपालिकामा रहेका विद्यार्थी संख्या, अनुमानित गर्भवती महिला, चारपटक गर्भ जाँच गरे वा नगरेको, संस्थागत प्रस्तुति संख्या, पूर्ण खोप लगाएका बालबालिकाका संख्या लगायतलाई आधार बनाइएको थियो ।
त्यसैगरी भरतपुर महानगरपालिकाले स्थानीय तहले आगामी आर्थिक वर्षको लागि आयव्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण चालुन आर्थिक वर्षको पुस मसान्तभित्र पेस नगरेको पाइएको छ । महानगरले हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित नगरसभामा पेस नगरेको पनि देखिएको छ ।
























