Breaking News

कांग्रेस चितवन निर्वाचनः पदाधिकारीको मतगणना जारी

Banner

चितवन, फागुन २२–

नेपाली कांग्रेस चितवनको पदाधिकारीको मतगणना सुरु भएको छ ।

आज (आइतबार) राति ९ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका सदस्य श्रीराम सापकोटाले जानकारी दिए । उनका अनुसार राति १०ः१५ बजे एक सय मत गणना भएको छ । अहिले एकैपटक उपसभापति, सचिव, र सह–सचिवको मतगणना भइरहेको छ भने महासमिति सदस्यको पनि मतगणना जारी छ ।

२ जना उपसभापतिका लागि १५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ जना सचिवका लागि ८ जना र २ जना सह–सचिवका लागि १० जना प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>