अर्थ

रुस-युक्रेन युद्धले नेपालमा खाने तेलको मूल्य बढ्यो

Banner

काठमाडौं,फागुन २२-

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ। स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास्) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन्।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपुर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए । उनले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्राँ विक्रि गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताए।

यस्तै, सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा विक्री गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको छ। उनले मूल्य बढेपनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गरे। उनले रुसले युक्रेनमाथि आक्रमण गर्नुपूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइ सकेको समेत बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>