देश/प्रदेश

विवेकशील साझाका काठमाडौं अध्यक्ष वैद्य एमालेमा प्रवेश

Banner

काठमाडौं, फागुन २२-

विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले विचार र कार्यक्रम तथा संगठनका हिसाबले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवारबोध गराएको उनले उल्लेख गरे ।पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफू एमालेमा प्रवेश गरेको बताए । यसअघि, विवेकशील साझाका केही युवाले पार्टी छोडेको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>