Breaking News
आज र भोलि वर्षाको सम्भावना न्यून, मंगलबार यी क्षेत्रमा वर्षा हुने
०
काठमाडौं, फागुन २२–
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>