अर्थ

उत्पादन क्षमता बढाउदै टाटा पेन्टस,विभिन्न जिल्लाका डिलर सम्मानित

Banner

चितवन,फागुन २१-

टाटा पेन्टसले उत्पादन क्षमता बढाउने भएको छ । आचार्य होल्डिङस् अन्र्तगतको टाटा पेन्टस एण्ड केमिकल इण्ड्रष्ट्रिज प्रालिले दैनिक १ सय टन उत्पादन गर्ने लक्ष्य लिएको छ । हाल दैनिक ४५ टन रंग उत्पादन हुदै आएको छ । आचार्य होल्डिङस्का अध्यक्ष प्रकाश आचार्यले माग बढेपछि उत्पादन क्षमता विस्तार गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार प्रदेश १, बागमी, गण्डकी र लुम्बिनी प्रदेशमा टाटा पेण्ट्सको खपत बढी छ । म्यानेजिङ डाइरेक्टर निरज सुवेदीका अनुसार ७ देखि १० वर्षको वारेन्टी दिइएकाले रंगको माग बढेको बताउनुभयो । विगत १२ वर्षदेखि उत्पादन थालिएको टाटा पेन्टसको लोकप्रियता ७ वर्ष यता बढेको छ । वाटर बेस र वेलबेसका सबै प्रकारका रंगहरु उत्पादन हुदै आएका छन् । टाटा पेण्ट्सका डिष्टेम्पर, प्राइमर, इनामेल र इमल्सनका रंगहरु छन् । नेशनल सेल्स म्यानेजर अमृत अधिकारीले छिटै लुकोल ड्याम्प प्रुफ रंग उत्पादन गर्न लागिएको बताउनुभयो । ओस रोक्न यी रंगहरु निकै उपयोगी हुनेछन् ।

छत चुहिनबाट जोगाउने तथा करिब ५ देखी ७ डिग्री सेल्सियस तापक्रम घटाउने लुकोल रुट कुलिङ रंगको बजार पनि राम्रो छ । अध्याधुनिक प्रविधिबाट उत्पादन हुदै आएका छन् । उद्योग भरतपुर ६ नारायणपुरमा रहेको छ ।

डिलरहरुलाई सम्मान

यसैबीच शुक्रबार आधिकारिक बिक्रेता डिलरहरुलाई सम्मान गरिएको छ । गोन्द्राङमा आयोजित डिलर्स भेटघाट तथा सम्मान कार्यक्रममा मकवानपुर, चितवन र नवलपरासीका डिलरहरुको सहभागिता रहेको थियो । टाटा पेण्टसका देशभर ६ सय बढी डिलरहरु छन् । आचार्य होल्डिङ अन्र्तगत टाटा पेण्ट्स, टाटा मनकामना युपिभिसी, स्मार्ट बैक्युट एण्ड रिसोर्ट, हेटौडा रबर उद्योग, प्रकाश एण्ड कम्पनी र टाटा वाटर ट्याङक सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>