Breaking News

चितवनमा ट्रक व्यवसायीहरुको प्रदर्शन, ढुवानी भाडा बढाउन सरकारसँग माग

Banner

चितवन, फागुन २१-

ट्रक ब्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै ढुवानी भाडा बढाउन माग गर्दै चितवनमा प्रदर्शन गरेका छन् ।

रामनगरमा सडकमा ट्रक तेसारेर उनीहरुले आज प्रदर्शन गरेका हुन् ।

सरकारले पटक पटक डिजेलको मुल्य बृद्धि गरेको तर बिगत ६ वर्ष देखि ढुवानी भाडा नबढाएको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ढुवानी भाडा पनि बढाउनुपर्ने उनीहरुको माग छ । देशभरका १०० बढी ब्यवसायीहरुले रामनगरमा आज केही बेर राजमार्ग अवरोध गरी विरोधको कार्यक्रमको घोषणा गरेका छन् । विरोधका कारण नेपाली सेनाका सवारीसाधन समेत केहीबेर रोकिन पुगेका थिए ।

एक हप्ता भित्र सरकारले ढुवानी भाडा नबढाए देशैभरका ट्रकहरु १० दिन घरमा थन्काएर आन्दोलन गर्ने ब्यवसायीहरुले चेतावनी दिएका छन् । त्यति गर्दा पनि नभए देशैभरका ट्रकहरु सडकमा ल्याएर सबै राजमार्ग बन्द गर्ने र राजमार्गमै अनसन बस्ने धादिङका ब्यवसायी मनोज केसीले बताए् । बैँकमा किस्ता तिर्न नकस्दा श्रीमतीको गहना धितो राखेर बैँकलाई पैसा बुझाउनु परेको उनले दुःखेसो गरे । अहिले सम्म भैरहवा र वीररगञ्जदेखि काठमाडौँ सम्मको १० टनको २५ हजार भाडा कायम रहेको छ । पेट्रोलियम पदार्थमा मूल्य वृद्धिसँगै १० टनको २८ हजार हुनुपर्ने माग ब्यवसायीले गरेका छन् । एउटा १२ चक्के गाडीले २१ टन बोक्ने गर्छ । आफूहरुले राज्यको नीतिनियम विपरित कहिल्यै पनि बढी शुल्क लिएर ढुवानी नगरेको र आफूहरु राज्यको नियमअनुसारनै सञ्चालन गरिराखेको बताए । तर, अब राज्यले भाडा दर नबढाए सरकारको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने केसीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>