Breaking News

कांग्रेस चितवन निर्वाचनः पदाधिकारीसहितको मतगणना भोलि विहानदेखि

Banner

चितवन, फागुन २१–

नेपाली कांग्रेस चितवन पदाधिकारीको मतगणना भोलिबाट हुने भएको छ ।

जिल्ला निर्वाचन समितिले भोलि विहान ११ बजेदेखि मतगणनाको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत ज्ञानेन्द्र अधिकारीले नेपाली कांग्रेस पार्टी कार्यालय, कमलनगरमा भोलि (आइतबार) विहान ११ बजेदेखि पदाधिकारीको मतगणना हुने जानकारी दिए ।

गयराति सभापतिको मात्रै मतगणना गरिएको थियो । आज दोस्रो चरणको मतदानको तयारी भइरहेको बेला दुई उम्मेद्वारले सहमति जनाएपछि सर्वसम्मत रुपमा राजेश्वर खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

भोलिबाट उपसभापति, सचिव, सह–सचिव, सदस्य र महासमिति सदस्यको मतगणना हुनेछ । हिजो भएको निर्वाचनमा कुल २ हजार ८२० मत खसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>