Breaking News

कांग्रेस चितवन अधिवेशनः सभापतिको मतगणना गणना आजै

Banner

चितवन, फागुन २०–

नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज भएको मतदान समापन भएलगत्तै मतगणना सुरु हुने भएको छ । निर्वाचन समितिले साँझ ६ः३० बजे मतगणना सकिएपछि लगत्तै मुचुल्का उठाएर सभापतिको मतगणना गरिने जनाएको छ ।

सभापतिका लागि पाँच जना चुनावी मैदानमा छन् । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतर समूहबाट राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । खनाललाई शेखर कोइरालाको राम्रो साथ छ भने जोशीलाई डा.शशांका कोइराला र घिमिरेले रामचन्द्र पौडेलको साथ छ । कोइरालालाई भने कुनै समूहले पनि आफ्नो मानेको छैन । जसले गर्दा उनलाई संस्थापनइतर समूहको बैठकमा बोलाईएको थिएन ।

अहिले मतदान अन्तिम चरणमा पुगेको छ । मतदानस्थल नारायणी कलामन्दिर भित्र प्रवेश गरि सकेकाले मात्रै अब मतदान गर्न पाउने निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले जानकारी दिए । करिव २८ सय मत खस्ने अनुमान गरिएको छ । कुल मतदाता २९ सय ४४ रहेको छ ।

नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि मतदान सुरु भएको थियो । जिल्ला सभापति जितनारायण श्रेष्ठले मतदान गरेर मतदान कार्य शुभारम्भ गरेका थिए । त्यसलगत्तै सभापतिका उम्मेद्वारहरु मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>