Breaking News

कांग्रेस चितवन अधिवेशनः २ हजार मत खस्यो, मतदानको समयावधि बेलुकी ७ बजेसम्म थप्ने तयारी

Banner

चितवन, फागुन २०–

नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज मतदान भइरहेको छ । नारायणगढस्थित नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । यो समाचार तयार पार्दासम्म अपरान्ह ४ बजेभित्रमा २ हजार मत खसेको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

मतदान गर्न कांग्रेस मतदाताहरुका उल्लाहसपूर्ण सहभागिता रहेको छ । ढिलोगरि मतदान सुरु भएकाले मतदान अवधि लम्बिन सक्ने देखिएको छ । साँझ ७ बजेसम्म मतदान अवधि थप्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । यसअघि निर्वाचन समितिले आज अपरान्ह ५ बजेसम्मका लागि मतदान तालिका बनाएको थियो ।

आज जिल्ला सभापति जितनारायण श्रेष्ठले मतदान गरेर मतदान कार्य शुभारम्भ गरिएको थियो । त्यसलगत्तै सभापतिका उम्मेद्वारहरु मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले मतदान गरेका थिए ।
कांग्रेसको कुल मतदाता २ हजार ९ सय ४४ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>