अर्थ

सुनको मूल्य ताेलामा ९०० रुपैयाँले बढ्यो

Banner

काठमाडौँ, २० फागुन –
सुनको साताकाे अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ । – न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>