चितवन विशेष

मलाई सबैको साथ र समर्थन छः सह–सचिवका उम्मेद्वार कार्की

Banner

चितवन, फागुन २०–

नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । हिजो उम्मेद्वारहरुले मनोनयन दर्ता गरेपछि आज विहान ९ बजेबाट मतदान सुरु हुन लागेको हो ।

जिल्लाको २ सह–सचिवका लागि १० जनाको उम्मेद्वारी परेको छ । जसमध्येका एक हुन् युवा नेता राजन कार्की । सबैका प्रिय पात्र रहेका कार्कीले आफूलाई सबैको समर्थन रहेको बताउँछन् । उम्मेद्वारी दिएपछि कार्कीले भने–‘म सबैको मान्छे, मलाई सबैको साथ र समर्थन छ ।’ उनले आफू जित्नेमा विश्वस्त रहेको भन्दै सबै मतदाताहरुलाई मतदान गरिदिन अनुरोध गरेका छन् ।

कार्की हालको जिल्ला सह–सचिव समेत हुन् । सह–सचिवमा मनोनित भएपछि उनी कांग्रेसको राजनीतिमा झनै सक्रिय भएका छन् । यसअघि पनि उनी विभिन्न समिति तथा उपसमितिमा रहेर काम गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>