चितवन विशेष

राष्ट्रिय स्वास्थ्यकर्मी संघ चितवनको अध्यक्षमा सापकोटा

Banner

चितवन, फागुन १९–

राष्ट्रिय स्वास्थ्यकर्मी संघ चितवनको तेस्रो जिल्ला अधिवेशनले केशव सापकोटाको अध्यक्षतामा ३० सदस्यीय जिल्ला समितिको गठन गरेको छ। संघको उपाध्यक्षमा जगन्नाथ ओझा, महिला उपाध्यक्षमा नन्दकली चापागाईं, सचिवमा विष्णुप्रसाद सापकोटा र कोषाध्यक्षमा ज्ञानहरी वाग्ले चयन भएका छन् ।

अध्यक्षमा पाँच जना प्रत्याशी रहेतापनि सर्वसम्मत रुपमा सापकोटा चयन भएको निर्वाचन मण्डलका संयोजक रामहरि ढकालले जानकारी दिए। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाललाई नेकपा एमाले शुभेच्छुक स्वास्थ्यकर्मीहरुको संगठनका रुपमा लिइन्छ।

भरतपुरमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली रहेका थिए भने नन्दकली चापागाईंको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सचिव विजय सुवेदी, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय उपमहासचिव जयराम दुवाडी, केन्द्रीय सचिव हिमालय तिवारी, केन्द्रीय सदस्य जायस्वर भूषाल, डाक्टर देजकुमार गौतम, डाक्टर विजय पौडेल, रामहरि ढकाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>