चितवन विशेष

कांग्रेस चितवनको पदाधिकारीमा एक्लो महिला उम्मेद्वार विनिता

Banner

चितवन, फागुन १९–

नेपाली कांग्रेस चितवनको अधिवेशन बिहीबारबाट सुरु भएको छ ।

पहिलो दिन मनोनयनको कार्यतालिका रहेकोमा सोही अनुरुप उम्मेद्वारी दर्तासंगै अन्तिम नामावली प्रकाशन गरियो । पदाधिकारीमा ३८ जना प्रतिस्पर्धामा उत्रिदा समावेशिता अवस्था शून्य जस्तै देखिएको छ । ३८ जना मध्ये एक जना मात्रै महिला उम्मेद्वार छन् । विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै कांग्रेस कार्यकर्तामाझ चिरपरिचित विनिता चापागाईँ एक्लो आँटिली महिला उम्मेद्वार बनेकी छन् । उनी सह–सचिवको चुनावी मैदानमा उत्रिएकी छन् ।

भरतपुर–२६ की विनिता मैयाँदेवी कन्या कलेजबाट विद्यार्थी राजनीति गर्दै अघि बढेकी हुन् । राजनीतिसंगै शिक्षामा अब्बल विनिता मास्र्टस् गरि सकेकी छन् ।

बिहीबार उम्मेद्वारी दर्ता गरेसंगै उनले आफूलाई सबै मतदाताले मत दिनेमा विश्वास व्यक्त गरिन् । पदाधिकारीमा सबै पुरुष मात्रै भिडन्तमा उत्रिदा आफू एक्लो महिलाको प्रतिनिधित्व गर्दै अघि बढेको बताइन् । उनले भनिन्–‘सबै क्षेत्रमा समावेशिताको कुरा आउँछ, तर पार्टीको निर्वाचनमा पदाधिकारीमा कोही पनि महिला अगाडि नसर्नु विडम्बना हो । मलाई सबै महिलाले आफ्नो प्रतिनिधित्वको रुपमा मतदान गर्नेछन् ।’

सहसचिवमा उम्मेद्वारी दिएकी विनिता ९ जना पुरुष उम्मेद्वारसंग प्रतिस्पर्धा गर्नुपर्छ । तर आफूले हरेश नखाई अगाडि बढेकाले सबैको साथ र सहयोग रहने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>