चितवन विशेष

घरको कम्यूनिष्ट वातावरण त्यागेर चारतारा झण्डा रोजेका मोहिनी खनाल

Banner

चितवन, फागुन १९–

परिवार नै कम्यूनिष्ट विचारधाराका छन् । घरका सबै सदस्य कम्यूनिष्ट हुँदा उनी काँग्रेसमा लागे । काँग्रेस भएकै कारण उनले परिवारमा असहज परिस्थितीको सामना गर्नु पर्‍यो । परिवार भित्र विद्रोह गरेर काँग्रेसको संगठन विस्तारमा होमिए नेता मोहिनी प्रसाद खनाल । उनी अहिले नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य पदका उम्मेद्वार हुन् ।

उनले खुल्ला तर्फबाट जिल्ला सदस्यमा उम्मेद्वारी दिएका हुन् । कार्यकर्ता माझ लोकप्रिय खनाल पार्टीको संगठन विस्तारमा डटेर लाग्ने बताएका छन् । उनले अधिवेशनको नतिजा जे आएपनि कुनै दिनमा पनि आफु कांग्रेसको आन्दोलनबाट पछि नहट्ने प्रतिवद्धता जनाए। उनले जिल्लाका प्रतिनिधिहरुलाई सहयोगका लागी अनरोध गरेका छन् ।

खनाल घाँटीको क्यान्सरबाट लामो समय संघर्ष गरेर क्यान्सरलाई पराजित गरि पार्टीको राजनीतिमा सक्रिय रहँदै आएका छन् । क्यान्सरलाई जितेका खनाल अब काँग्रेसलाई जिताउन चाहन्छन् ।

उनी २०४९ सालमा कम्यूनिष्टको कुटाइबाट सख्त घाइते भएका थिए । २०४६ र २०६२/६३ को जनआन्दोलनको घाइते हुन् । काँग्रेसलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने उनले बताए । संगठनलार्इ मजबुत बनाउँदै गुठगत राजनीतिको अन्त्यका लागी आफुले जिल्ला सदस्यमा उम्मेद्वारी दिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>