चितवन विशेष

भरतपुर ५ का सुकुम्बासीलाई ‘निस्सा’ बाँडियो

Banner

चितवन, फागुन १९–

भरतपुर महानगरपालिका वडा नं. ५ का भूमिहिन सुकुम्बासीहरूलाई बिहीबार ‘निस्सा’ प्रदान गरिएको छ ।

राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरुमा जग्गाको निस्सा बाड्ने अभियान अन्तरगत आज भरतपुर–५ का भूमिहिन सुकुम्बासीहरूलाई निस्सा प्रदान गरिएको हो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, भरतपुर वडा ५ का वडा अध्यक्ष पदमपाणी सुवेदीले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरण गरेका हुन् । निस्सा वितरणसंगै जग्गाको नापजाँच समेत सुरु भएको छ ।

सोही अवसरमा बोल्दै महानगर प्रमुख दाहालले चुनावी बाचा अनुसार जनताको आधारभूत आवश्यकता बासको लागि भूमि वितारण गर्न पाउँदा खुसी लागेको भन्दै छिट्टै पुर्जा समेत वितरण गरिने बताइन् ।

उनले भरतपुरको विकास नमुनाको रुपमा अघि बढेको भन्दै जनताको आवश्यकता पुरा गर्नु नै आफ्नो मुख्य जिम्मेवारी रहेको स्पष्ट पारिन् ।
आयोग चितवनका अध्यक्ष तिमिल्सिनाले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै वडा ५ को नहरमा बसेका सबैलाई कुनै पनि हालतमा अर्को ठाँउमा जग्गासहित लालपूर्जा दिने घोषण गरे ।

कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष सुवेदीले भूमिहिनलाई लालपूर्जा दिने प्रक्रिया सुरु गर्न पाउँदा निकै खुसी लागेको बताए । चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् । कार्यक्रममा भूमि आयोग भरतपुर महानगर सहजीकरण समितीका सदस्य अनक मगरलगायको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>