Breaking News

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा लामिछाने र सदस्यमा भट्टराई निर्विरोध निर्वाचित

Banner

चितवन, फागुन १९–

निर्माण व्यवसायी संघ–चितवनको २८औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा केशवप्रसाद लामिछाने सर्वसम्मत चयन भएका छन् ।

आज (बिहीबार) भएको मनोनयन दर्तामा लामिछानेको मात्रै उम्मेद्वारी परेपछि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै संघको सदस्यमा रोजिना भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै संघको प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष र बाँकी ८ सदस्यमा भोलि (शुक्रबार) निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>