Breaking News

कांग्रेस चितवन अधिवेशनः यी हुन् निर्विरोध निर्वाचित सदस्यहरु

Banner

चितवन, फागुन १९–

नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तरगत केही उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा माडी नगरपालिकातर्फ शुक्रमिया महतो निर्विरोध निर्वाचित भएकी हुन् । पुरुषतर्फ भने दुई जनाका लागि चार जनाको उम्मेद्वारी परेपछि मतदान हुने भएको छ ।

यस्तै सदस्य समानुतिक तर्फ आदिवासी जनजाति महिला सदस्यमा मिना कुमारी गुरुङ, राममाया गुरुङ र राममाया पिया निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थारु खुलातर्फ सदस्यमा विश्राम महतो निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित महासमिति सदस्यहरुः

यस महाधिवेशनमा महासमिति सदस्यका लागि पनि निर्वाचन हुँदैछ । क्षेत्र नं.१ र क्षेत्र नं.३ बाट महासमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् भने क्षेत्र नं.२ मा मतदान हुने भएको छ ।

निर्विरोध निर्वाचित हुनेमा क्षेत्र नं.१ तर्फबाट खुला महिलामा गीता देवकोटा, सावित्री बोगटी पाठक, खुल्ला पाँच जनामा उत्तम आचार्य, प्रा.डा.तीर्थराज खनियाँ, राजुप्रसाद सिलवाल, राजेन्द्र बुर्लाकोटी, बासुदेव ढुंगाना, खस आर्य महिलामा शशी रानाभाट, खस आर्य खुलामा सरोज कुवँर, आदिवासी जनजाति खुला जयन्द्र कुमार श्रेष्ठ र थारु खुलामा चन्द्र विक्रम चौधरी रहेका छन् ।

क्षेत्र नं.२ तर्फबाट खुला महासमिति सदस्यमा डा.इश्वरीराज लौडारी, जीतनारायण श्रेष्ठ, देवेन्द्र गुरुङ, प्रकाश अधिकारी र राजकुमार राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । खुला महिलातर्फ भने निर्वाचन हुने भएको छ । २ महिलाका लागि गीताकुमारी गुरुङ, मिनाकुमारी खरेल र बिनु रायमाझी चुनावी प्रतिस्पर्धामा होमिएका छन् । सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि निर्वाचन हुन लागेको हो ।

खस आर्य महिलामा भरतपुर महानगरपालिकाकी उपप्रमुख समेत रहेकी पार्वती शाह ठकुरी निर्विरोध निर्वाचित भएकी छन् भने आदिवासी जनजाति खुलामा सरोज गुरुङ निर्विरोध निर्वाचित भएका छन् । खस आर्य खुला र जनजातितर्फ पनि मतदान हुने भएको छ ।

क्षेत्र नं.३ तर्फबाट खुला महिलामा शारदा गुरुङ, सबिता बराल, खुला पाँच जनामा चन्द्रध्वज गुरुङ, रामकृष्ण घिमिरे, विजयराज शर्मा भुषाल, विष्णुमाया परियार र शंकरप्रसाद कंडेल निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिलामा कमला रानाभाट, खस आर्य खुलामा केदारनाथ कोइराला, आदिवासी जनजाति खुलामा बेलबहादुर गुरुङ, थारु खुलामा साजन कुमार महतो निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेशचन्द्र पौडेल र प्रदेश अधिवेशन प्रतिनिधिमा किरण दवाडी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>