चितवन विशेष

भरतपुरका सात वडामा ज्येष्ठ नागरिक अध्ययन तथा मनोरञ्जन केन्द्र स्थापना हुने

Banner

चितवन, फागुन १९-

भरतपुर महानगरपालिकाका सात वटा वडामा ज्येष्ठ नागरिक अध्ययन तथा मनोरञ्जन केन्द्र स्थापना हुने भएको छ ।

ज्येष्ठ नागरिक संघ चितवनको अगुवाइमा प्रदेश निर्वाचन क्षेत्र चितवन २ अन्तर्गतका वडामा सो केन्द्र स्थापना हुने भएको हो ।

यसका लागि बागमती प्रदेश सांसद विजय सुवेदीले सांसद विकास कोष अन्तर्गतको १० लाख रुपैयाँ ज्येष्ठ नागरिक संघ चितवनलाई विनियोजन गरेका छन् । ज्येष्ठ नागरिक संघ चितवनको आज सम्पन्न भेलाले चितवन २ ‘ख’ अन्तरगतका सातवटै वडामा ज्येष्ठ नागरिक संघ तदर्थ समिति गठन गर्ने र सबै वडामा ज्येष्ठ नागरिक अध्ययन तथा मनोरञ्जन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

उक्त अवसरमा निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तले जेष्ठ नागरिक अध्ययन तथा मनोरञ्जन केन्द्र परिकल्पनाको उद्देश्य र ज्येष्ठ नागरिकहरुको दायित्वका सम्बन्धमा प्रकाश पारेका थिए भने सांसद सुवेदीले ज्येष्ठ नागरिकहरुको स्वस्थ र खुसी जीवनका लागि धेरै चिजको आवश्यकता पर्ने भए पनि सुरुवातमा अध्ययन तथा मनोरञ्जन केन्द्र स्थापना गरी सबै स्थानमा अध्ययनका लागि पुस्तक, मनोरञ्जनका लागि बाद्यबाधन सामग्रीहरु र केही स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु वितरण गरिने र क्रमशः यसको अभिवृद्धि गर्दै लगिने बारे जानकारी गराए ।

कार्यक्रममा भरतपुरको सबै वडाबाट प्रतिनिधिमूलक रुपमा सहभागी भएका ज्येष्ठ नागरिकहरुले स्वस्थ जीवनका लागि लामो सक्रिय जीवन आवश्यक रहेकोले ज्येष्ठ नागरिकका लागि गर्न लागेको यस पुण्य कार्यको प्रशंसा गरेका थिए । ज्येष्ठ नागरिक संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको भेलामा प्रदेश सांसद विजय सुवेदी प्रमुख अतिथि रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>