चितवन विशेष
भरतपुरको वाल्मीकि स्कुलमा नारी दिवसमा ‘वाल्मीकि फेस्ट’ गरिने

चितवन, फागुन १९-
इन्टर्याक्ट क्लब अफ वाल्मीकि शिक्षा सदन भरतपुरले वाल्मीकि कलेजको प्राङ्गणमा वाल्मीकि फेस्ट–२०७८ आयोजना गर्न लागेको छ ।
विद्यार्थीहरूको बौद्धिक विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले क्लबले सो कार्यक्रम गर्न लागेको हो ।
क्लबका अध्यक्ष अमृत ढकालले दिएको जानकारी अनुसार तनहुँ, नवलपुर र चितवनका विभिन्न विद्यालयहरूमा कक्षा ८ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरूलाई समावेश गरेर फागुन २४ गते नारी दिवसको अवसर पारेर अन्तर विद्यालय एकेडेमिक ओलम्पियाड सञ्चालन गर्न लागिएको अध्यक्ष ढकालले बताए । उक्त फेस्टमा हिज्जे, निबन्ध लेखन, चित्रकला, कविता लेखन तथा वाचन, वादविवाद र नाट्य प्रतियोगिता सञ्चालन हुने समेत अध्यक्ष ढकालले जानाकारी दिए । प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई आकर्षक पुरस्कार र प्रमाणपत्रको व्यवस्था समेत गरिएको छ ।
नारायणगढ रोटरी क्लबले स्थापना गरेको इन्ट¥याक्ट क्लब अफ वाल्मीकि शिक्षा सदनले गत महिना रोटरी अन्तर्राष्ट्रियद्वारा आयोजना गरिएको श्रव्यदृश्य प्रतियोगितामा विश्वभरका इन्ट¥याक्ट क्लबहरूलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको पनि अध्यक्ष ढकालले बताए ।
























