Breaking News

कांग्रेस चितवन अधिवेशनः सभापतिमा पाँच जनाको उम्मेद्वारी, कुन पदमा कसले दिए उम्मेद्वारी ? (नामसहित)

Banner

चितवन, फागुन १९–

नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । नारायणगढस्थित नारायणी कलामन्दिरमा आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । आज उम्मेद्वारहरु मनोनयन दर्ता गराएका छन् ।

जिल्ला सभापतिका लागि पाँच जनाको उम्मेद्वारी परेको छ । संस्थापन अर्थात शेरबहादुर देउवा समूहबाट मिलनबाबु श्रेष्ठ सभापतिमा उम्मेद्वारी दिएका छन् भने संस्थापन इतर चार जनाले उम्मेद्वारी दिएका छन् । जसमध्ये शेखर, शंशांक समूहबाट उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे चुनावी मैदानमा छन् भने कैलाश कोइराला कुनै समूहमा छैनन् ।

यस्तै २ जना उपसभापतिका लागि १५ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिनेमा शालिक शर्मा पौडेल, सुरविर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मल कुमार श्रेष्ठ र राजीव न्यौपाने छन् ।

यसैगरि २ जना सचिवका लागि ८ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै २ जना सहसचिवका लागि १० जनाको उम्मेद्वारी परेको छ ।

यस्तो छ उम्मेद्वारको अन्तिम नामावलीः

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>