Breaking News
कांग्रेस चितवन अधिवेशनः मनोनयन अघि नै क्षेत्र नं.३ को महासमिति सदस्य सर्वसम्मत

चितवन, फागुन १८–
नेपाली कांग्रेस चितवनको अधिवेशन बिहीबारदेखि नारायणगढमा सुरु हुँदैछ । अधिवेशनबाट जिल्ला नेतृत्व चयनसंगै महासमिति सदस्य समेत चयन गरिने छ ।
नेतृत्वमा रस्साकस्सी चलिरहेको बेला महासमिति सदस्यहरुमा भने सर्वसम्मत निर्णयहरु आउन थालेका छन् । उम्मेद्वारी मनोनयन अघि नै सर्वसम्मत रुपमा महासमिति सदस्य टुंगो लगाउन क्षेत्रीय समितिहरुमा जोड चलेको छ । सोही अनुरुप मनोनयन अघि नै चितवन क्षेत्र नं.३ बाट ११ जना महासमिति सर्वसम्मत गर्ने निर्णय भएको छ । उम्मेद्वार बन्ने चर्चामा रहेकाहरुबीच भएको गहन छलफलपछि ११ जनाको नाम सर्वसम्मत गरिएको युवा नेता साजन कुमार महतोले जानकारी दिए ।
महासमितिका लागि पूर्व जिल्ला सभापति एवंम संविधानसभा सदस्य रामकृष्ण घिमिरे, विजयराज भुषाल, चन्द्रध्वज गुरुङ, शंकर कंडेल, विष्णुमाया परियार, सबिता बराल, शारदा गुरुङ, साजन कुमार महतो, केदारनाथ कोइराला, बेलबहादुर गुरुङ र कमला रानाभाटको नाम सर्वसम्मत गरिएको हो । उनीहरुले भोलि उम्मेद्वारी दिएपछि औपचारिक रुपमा निर्वाचन समितिले सर्वसम्मत विजयी घोषणा गर्नेछ ।






















