खेलकुद

पदमोदय भलिबलको उपाधि कृष्णचोकलाई

Banner

चितवन, फागुन १८–

पर्यटकीय नगरी पटिहानीमा भएको पदमोदय खुल्ला नकाउट भलिबल प्रतियोगिताको उपाधी कृष्णचोकले जितेको छ । आज (बुधबार) सम्पन्न फाईनल प्रतिस्पर्धामा आयोजक पदमोदय युवा क्लबलाई पराजित गर्दै कृष्णचोकले उपाधी जितेको हो ।

हरेक वर्ष शिबरात्रीको अवसरमा हुँदै गरेको पदमोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७८ यस वर्ष हिजोदेखि सुरुभएको थियो । पदमोदय युवा क्लब भरतपुर–२२ पदमपोखरीको आयोजनामा सम्पन्न प्रतियोगितामा कृष्णचोकले पदमोदयलाई २५–१४, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो ।

विजेता कृष्णचोकले नगद रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता पदमोदयले नगद रु. ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक निरज पौडेलले जानकारी दिए । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी कृष्णचोकका सुमन लामा भए । विजेता र उपविजेता टिमलाई भरतपुर २२ का वडा अध्यक्ष बिष्णुराज महतोले पुरस्कृत गरेको क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए। प्रतियोगितामा चितवनका १२ टिमको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>