खेलकुद

चितवनमा वाग्मती प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लास्तरीय खेलाडी छनौट हुँदै

Banner

चितवन, फागुन १८  –

वाग्मती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोटको काम तीव्र गतिमा भइरहेको छ ।

चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालकाअनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ र भलिबल खेलका जिल्लास्तरीय खेलाडी छनौट सकिएको छ ।

विभिन्न आठ विधामा हुने जिल्लास्तरीय छनोट प्रतियोगितामध्ये माडी र इच्छाकामनाले एक\एक विद्यामा खेलाडी सहभागी गराएनन् भने रत्ननगर नगरपालिकाले पाँच वटा विधाको खेलकुदमा खेलाडी सहभागी नगराएको ढकालले बताए । स्थानीय पालिकाले खेलाडी छनौट नगरेका कारण कारण जिल्लास्तरीय प्रतियोगितामा पालिकाहरुले केही खेलमा खेलाडी सहभागी गराउन सकेनन् । माडीले ब्याडमिन्टन, इच्छाकामनाले क्रिकेट तथा रत्ननगर नगरपालिकाले एथलेटिक्स, भलिबल, बक्सिङ, कराँते र फुटबल खेलमा खेलाडी सहभागी गराएनन् ।

कार्यालय प्रमुख ढकालकाअनुसार जिल्लास्तरीय प्रतियोगिताबाट ब्याडमिन्टनका महिला ६ र पुरुष ६, एथलेटिक्सका महिला १२ र पुरुष १२, बक्सिङका महिला आठ र पुरुष १३ तथा भलिबलका महिला १२ र पुरुष १२ खेलाडी छनौट भइसकेको ढकालले जानकारी दिए । जिल्लास्तरीय प्रतियोगिताअन्तर्गत बुधबार र बिहीबार फुटबल, बिहीबार तेक्वान्दो र कराँत तथा शुक्रबार र शनिबार क्रिकेट खेलको जिल्लास्तरीय खेलाडी छनोट गरिने ढकालले बताए । कराँतेका महिला १० र पुरुष १०, फुटबलका महिला १८ र पुरुष १८ तेक्वान्दोका महिला १३ र पुरुष १३ तथा क्रिकेटका महिला १४ र पुरुष १४ जना खेलाडी छनोट गरेर प्रदेश प्रतियोगितामा सहभागी हुन पठाइने कार्यालय प्रमुख ढकालले बताए ।

जिल्लाबाट छनोट भएका सबै खेलाडीहरुले यही फागुन २८ देखि चैत ५ गतेसम्म हुने वाग्मती प्रदेशस्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्ने छन् । हेटौँडामा उद्घाटन हुने वाग्मती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको समापन चितवनको माडीमा हुने वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुङले जानकारी दिए । चितवनमा प्रदेशस्तरीय खेलकुदका भलिबलसहित अन्य दुई खेल हुने गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>