Breaking News

सौराहाका हात्ती : चरनको अभावमा भारत विस्थापित हुँदै, निकुञ्जको घाँस खुवाउने व्यवस्था गर्न व्यवसायीको माग

  • Logo
    app haru
  • १८ फाल्गुन २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन १८ –
देशको तेश्रो पर्यटकीय गन्तव्य सौराहाको एउटा चिनारीको रुपमा रहेको छ यहाँको घरेलु हात्ती । घरेलु हात्तीले सौराहााको पर्यटन व्यावसाय फस्टाउमा ठूलो भूमिका खेल्दै आएको छ । निकुञ्जमा जनावर हेर्नका लागि हात्ती सफारी गरेर जाने गरिन्छ ।

तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि सौराहाका हात्ती भारत विस्थापित हुँदै गएका छन् । पर्यटक नआउँदा हात्ती पाल्ने खर्च जुट्न सकेको छैन । जसले गर्दा व्यावसायीहरु हात्तीलाई विस्थापित गराउन बाध्य भएका युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाका अध्यक्ष रिषि तिवारी बताउँछन् ।

पछिल्लो दुई वर्षमा सौराहाबाट करिब १५ वटा जति हात्ती विस्थापित भएको तिवारीले बताए । अहिले सौराहामा ५५ वटा हात्ती रहेका छन् । जसमा ४५ वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था अन्तर्गत छन् ।

नेपाल सरकारलाई चरिचरणको व्यवस्था गर्न आग्रह गरेको भए पनि त्यसो नहुँदा व्यावसायीहरु हात्तीलाई विस्थापित गर्न बाध्य भएका तिवारीको भनाइ छ । विस्थापित हुने हात्तीमा कतिपय भारतबाटै ल्याइएका थिए भने कतिपय यहीँ हुर्काइएका हात्ती थिए । भारत विस्थापित भएपछि हात्ती फर्काउन सजिलो नभएको बताउँदै तिवारीले हात्ती विस्थापित हुनबाट रोक्न सरकारले बेलैमा सोच्नुपर्ने बताए ।

एउटा हात्तीलाई एकदेखि डेढ लाख मासिक खर्च हुने गरेको तिवारीले बताए । जसमा माउत र फोनिथको तलब १५÷१५ गरी ३० हजार हो भने बाँकी सबै हात्तीको खानपिन र औषधी उपचारमा खर्च हुने गरेको उनी बताउँछन ।

निकुञ्जको ग्रास लेन (घाँसे मैदान) को निश्चित क्षेत्रमा हात्तीलाई चराउन पाउने व्यवस्था गरे हात्ती विस्थापित हुनबाट रोकिने उनको सुझाव छ । निकुञ्जमा कुहिएका घाँसहरु पनि घरेलु हात्तीलाई खुवाउन नपाइने गरेको बताउँदै उनले वारी हात्ती भोकै टुलुटुलु बस्ने पारी निकुञ्जको घाँस कुहिएर नष्ट हुने, बाढीले बगाएर लैजाने गरेको बताए ।

आफूहरुले चितवन राष्ट्रिय निकुञ्जको टिकट काटेर पर्यटकलाई निकुञ्ज घुमाउने गरेको बताउँदै उनले नाफा हुँदा राज्यलाई सँधै कर तिर्ने गरेको स्मरण गरे ।

सौराहाबाट हात्ती विस्थापित हुनु भनेको सौराहाको पर्यटन क्षेत्र नै ध्वस्त हुनु जस्तै भएको बताउँदै तिवारीले हात्तीलाई विस्थापित विस्थापित हुनबाट रोक्न सरकारले सहयोग गर्नुपर्ने बताए । निकुञ्जको घाँस खान दिए वा हात्तीलाई खुवाउने धान गहुँको व्यवस्था गर्न सहयोग गरेमात्र समस्या समाधान हुने उनको भनाइ छ ।

अहिले हात्तीहरु थन्किएरै बस्नुपर्ने अवस्थामा नभएको बताउँदै उनले हात्ती चढ्न आन्तरिक पर्यटकहरु फ्याट्टफुट्ट आइरहेको बताए । कोरानाको प्रथम र दोश्रो चरणमा भने हात्तीहरु पालेरमात्र राख्नु परेको उनले बताए । एमाले महाधिवेशनपछि हात्ती सफारी राम्रै भइरहेको भए पनि ओमिक्रोनले फेरि समस्या पारेको तिवारी बताउँछन् । अब पुनः हात्ती विस्थापित हुनबाट रोक्नका लागि उनले अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>