चितवन विशेष

सौन्दर्यकर्मी संगठन नेपालको तीन तहमा कमिटी गठन

Banner

चितवन, फागुन १६–

एकीकृत ट्रेड युनियन महासंघ नेपालले महासंघ भित्रका सौन्दर्यकर्मीहरुलाई संगठित बनाएको छ । आज (सोमबार) भरतपुरमा भएको भेलाले सौन्दर्यकर्मीहरुलाई एकीकृत गर्दै तीन तहमा सौन्दर्यकर्मी संगठन नेपाल कमिटी गठन गरेको हो ।

शुष्मा तामाङको अध्यक्षतामा बागमती प्रदेश सौन्दर्यकर्मी संगठन नेपाल कमिटी गठन गरिएको छ । उपाध्यक्षमा यशोदा वाग्ले, सचिवमा सृजना पाण्डे, सहसचिवमा सपना श्रेष्ठ लामिछाने, कोषाध्यक्षमा सविना खातुन र सदस्यमा अमृता थापा रहेका छन् ।

यसैगरि सीता गुरुङको अध्यक्षतामा चितवन सौन्दर्यकर्मी संगठन गठन गरिएको छ । जसको उपाध्यक्षमा सकुन्तला गुरुङ, सचिवमा संगीता श्रेष्ठ, सहसचिवमा ज्ञानु सुवेदी, कोषाध्यक्षमा सुलोचना आचार्य र सदस्यमा शुष्मा तामाङ रहेका छन् ।

यसैगरि संगठनको भरतपुर महानगरपालिका कमिटी समेत घोषणा गरिएको छ । जसको अध्यक्षमा लक्ष्मी अम्गाई, उपाध्यक्षमा शान्ति गुरुङ, सचिवमा विमला तामाङ, सह–सचिवमा निरमाया महत्तो, कोषाध्यक्षमा अनुपा श्रेत्री, सदस्यहरुमा सृजना आचार्य, प्रमिला श्रेष्ठ र जानुका पुलामी मगर रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल रहेका थिए भने विशिष्ट अतिथीको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ थिए । उनीहरुले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष विष्णु लम्साल, राष्ट्रिय सभा सदस्य गोमा तिमिल्सेना, एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य गोविन्द अर्याल, सौन्दर्यकर्मी संगठन नेपालका केन्द्रीय अध्यक्ष अस्मिता श्रेष्ठ, एकीकृत ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष उदयचन्द्र अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सौन्दर्यकर्मी संगठन नेपालका केन्द्रिय सदस्य अनिता आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने एकीकृत ट्रेड युनियन महासंघका जिल्ला सचिब विजय चौधरीले कार्यक्रम संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>