देश/प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सकियो यान्त्रिक परीक्षण उडान

Banner

बुटवल, फागुन १६–

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि सुरु गरिएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सकिएको छ । थाइल्याण्डबाट ल्याइएको एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान गरिएको हो । त्यसक्रममा उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ ।

थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चारलगायत उपकरणहरूको जाँच गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । उनका अनुसार यान्त्रिक उडानको प्रारम्भिक रिपोर्टमा विमानस्थलमा जडान भएका सञ्चारलगायतका उपकरणहरू ठिक पाइएको छ ।

विमानस्थलको आइसीपी टु आयोजनाका प्रमुख प्रवीण न्यौपानेले प्रारम्भिक रिपोर्ट सन्तोषजनक आएको र अन्तिम रिपोर्ट आएपछि उपकरणबारेको सबै अवस्था थाहा हुने बताए । विमानस्थलको दुई चरण आइसीपी वान ९भौतिक संरचना निर्माण० र आइसीपी टु ९सञ्चार उपकरण जडान० अन्तर्गतमा काम भएको छ । विमानस्थलको आईसीपी टु को ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक उडान गरेको हो ।

आइसिपी टु आयोजना प्रमुख न्यौपानेले कम्पनीलाई फाइनल रिपोर्ट सकेसम्म छिटो उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो । अन्तिम रिपोर्ट आएपछि सोही अनुसार थप प्रक्रिया अगाडि बढाउँछौँ, सम्भवतः १५÷२० दिनभित्रमा यान्त्रिक उडानका दुवै रिपोर्ट आउने छन्’ उनले भने ।

विमानस्थल सञ्चालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि सय दिनको योजनाअन्तर्गत काम भइरहेको छ । पर्यटन मन्त्रालयअन्र्तगतका निकायबाट काम भइरहे पनि गृह, अर्थलगायत मन्त्रालय अन्तर्गतबाट हुने काम ‘फिल्ड’ मा देखिएको छैन ।

अगामी जेठ २ गते विमानस्थल सञ्चालनको लक्ष्य राखिए पनि विमानस्थलमा गृह अन्तर्गतको अध्यागमन र अर्थ अन्तर्गतको भन्सार कार्यालय राख्ने काम अझै भएको छैन । यद्यपि यो काम अगाडि बढिसकेको महाप्रबन्धक दाहालले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय भएको नदेखिँदा विमानस्थल सञ्चालन लक्ष्य राखिएको मिति अझै धकेलिन सक्ने सम्भावना पनि उत्तिकै छ । महाप्रबन्धक दाहालले भने नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट वैशाख १ गते परीक्षण उडान गर्ने, त्यस सँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट जेठ २ गतेबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको बताए ।

यता, एरो थाईको विमानले नेपालका थप पाँच वटा विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दैछ । काठमाडौं विमानस्थल, पोखरा, नेपालगन्ज, विराटनगर र सिमरा विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>