Breaking News

एमसीसीको विरोध गरेर नारायणकाजीले बामदेवको बाटो रोज्न खोजेको प्रचण्डको टिप्पणी

Banner

काठमाडौं, फागुन १६-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लिएर भावुक नहुन पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । यद्यपि कसैले महाकाली सन्धिपछि नेकपा एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजे आफूले रोक्न नसक्ने समेत उनले बताए ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेकोमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । प्रचण्डका अनुसार पार्टीमा भएको छलफलका क्रममा श्रेष्ठलाई आफ्नो विचार केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न, तर अहिले बाहिर नलैजान आग्रह गरेको बताए ।

तर नेता श्रेष्ठले आफ्नो असन्तुष्टि सार्वजनिक गरेको भन्दै प्रचण्डले भने, ‘यो भनेपछि भएभरका कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नुभयो होला । जनता ह्वारर मतिर आउँछन् भन्ने ठान्नुभयो होला ।’ यदि एमसीसीको विरोध गर्दा भोट आउने भए सबै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालतिर लाग्नुपर्ने भन्दै उनले भने, ‘त्यस्तो हुँदैन ।’

महाकालीमा राष्ट्रघात भयो भनेर वामदेव गौतमले एमालेको करिब आधा केन्द्रीय नेताहरु लिएर नेकपा माले बनाएको तर त्यसपछिको चुनावमा एक सिट पनि जित्न नसकेको भन्दै प्रचण्डले भने, ‘कोही सेन्टिमेन्टमा आउन जरुरी छैन । तर कसैलाई त्यही बोटो हिँड्न मन लाग्यो भने कसले रोक्न सक्छ र ? राजनीति त भोलिन्टियर कर्म हो ।’ यद्यपि अहिले पनि आफूले केन्द्रीय समितिमा आफ्नो विचार राख्न आग्रह गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>