चितवन विशेष

भण्डारा दूग्ध डेरीमा घोटालाको आरोप, साधारणसभा नै बिथोलियो

Banner

चितवन, फागुन १५–

पूर्वि चितवनको भण्डारा दुग्ध सहकारीमा संचालक समितिले अनियमितता गरेको भन्दै कृषकले विरोध गरेका छन् । संस्थामा ब्यापक भष्ट्राचार भएको भन्दै कृषकले विरोध गरेपछि साधारण सभा नै स्थगित भएको छ ।

दूग्ध सहकारीले दूध विक्रीमा घोटला गरेको उपभोक्ताको आरोप छ । राप्ती नगरपालिका–५ स्थित उक्त डेरीमा घोटला भएको भन्दै किसानले छानविनको माग गरेका हुन् । एकलौटी ढंगबाट साधारण सभा गर्न थालेपछि कार्यक्रममै खैलाबैला भएको थियो । शनिबारको २४औं साधारण सभाको बन्दसत्र अनिश्चित बनेको छ ।

अध्यक्ष दिल्ली प्रसाद थपलियाले किसानको हित विपरित काम गरेको किसानको आरोप छ । दुई लाखको ब्ल्याङ्क चेकमा हस्ताक्षर गराइएको भन्दै लेखापरीक्षण गरिएको प्रति विरोध भएको छ । त्यस्तै सहकारीबाट दैनिक पचपन्न लिटर दूधको हिसाब नदेखिएको, गुणस्तरहिन दाना दिएको किसानको आरोप छ ।

साधारण सभामा पेश गरिएको लेखा प्रतिवेदन अपुरो भएको सेयर सदस्य सदिप ओलीले बताए ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल र उपप्रमुख इमानसिंह लामाले मन्तब्य दिने क्रममा संचालकको ढाकछोप गरेपछि हलका सहभागीले विरोध गरेका थिए । समितिले हेपाहा शैलीमा काम गरेको भन्दै विरोध भएको थियो । अध्यक्ष थपलियाले भने समान्य विमती रहेको भन्दै बसेर टुङ्ग्याउने बताए । संचालक भित्रबाटै कुरा उठेको भन्दै सहमति गराउने उनको भनाई थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>