समाचार

एमसीसीको विरोधमा भोली विप्लव लगायतका दलद्धारा नेपाल बन्द आब्हान (विज्ञप्तीसहित)

Banner

चितवन, फागुन १५-

एमसीसीको विरोधमा भोली ८ दलद्धारा नेपाल बन्द आब्हान गरिएको छ ।

६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा भोलि नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा सहितको कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले एमसीसी पारित गर्ने मुर्खता गरिरहेको भन्दै नेपाल बन्दको घोषणा गरेको जनाएका छन् ।

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘विकास’ले कालो दिनको रुपमा भोलि नेपाल बन्द घोषणा गरिएको नारायणी अनलाइनर्लाई जानकारी दिए ।

‘नेपाल आमालाई बेच्ने काम भएको छ, भोलि एक दिन भएपनि आम जनतालाई दुःख कष्ट सही बन्दको समर्थन गरिदिन आग्रह गर्दछु’–इन्चार्ज सापकोटाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>