Breaking News

चितवनमा जुवा खेल्दै गरेका पाँच जना ७६ हजार नगदसहित पक्राउ

Banner

चितवन, फागुन १५–

चितवनमा जुवा तास खेल्ने पाँच जना पक्राउ परेका छन् । शनिबार दिउँसो पूर्वीचितवनको खैरहनी नगरपालिका–७, स्थित सुर्तनीमा जुवा तास खेलिरहेको अवस्थामा स्थानीय ५ जना युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खैरहनी–८ बस्ने बर्ष ४४ का प्रेम प्रसाद महतो, खैरहनी–६ बस्ने वर्ष ४९ का शुसिल रिजाल, खैरहनी–८ बस्ने बर्ष ३४ का दिपक महर्जन, खैरहनी–८ बस्ने वर्ष ४७ का निल बहादुर पुन र खैरहनी–६ बस्ने बर्ष ३३ का दामोदर बस्नेत रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद ७६ हजार ८२० रुपैयाँ बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>