स्वास्थ्य

देशभर १११ कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

Banner

काठमाडौं, १५ फागुन –
नेपालमा पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय १० जनाको नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सोही समयमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । – न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>