Breaking News

कृषि विश्वविद्यालयमा लफडाः एमाले समर्थित विद्यार्थीको आक्रमणबाट माओवादी निकट विद्यार्थी घाइते

०
Banner

चितवन, फागुन १५–

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा नेकपा (एमाले) निकटका विद्यार्थीको आक्रमणबाट नेकपा (माओवादी केन्द्र) निकटका विद्यार्थी घाइते भएका छन् ।

आज (आइतबार) विहान प्याथोलोजी ल्याबमा अध्ययन गरेर फर्किदै गर्दा कृषि शंकायको तेस्रो सेमेस्टमा अध्ययनरत विद्यार्थी आशिष सुवेदीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । घाइतेको अवस्था मध्यम रहेको छ ।

केही महिना पहिले माओवादी निकट विद्यार्थीको आक्रमणबाट एमाले निकट विद्यार्थी घाइते भएका थिए । त्यसैको बदलामा आक्रमण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटना बारे सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए । घटना पश्चात विश्वविद्यालय परिसरमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । विद्यालय बस्ने छात्रावास प्रहरीको निगरानीमा रहेको छ ।

यसैबीच घटना पश्चात विद्यालयले थप हिंसात्मक गतिविधि नहोस् भन्नका लागि भौतिक पठन पाठन स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले भोलिदेखि यस महिनाभरमा अनलाइन कक्षा मात्रै संचालन गर्ने निर्णय गरिएको विश्वविद्यालयका डिन जयप्रकाश दत्तले नारायणी अनलाइनलाई जानकारी दिए ।

‘विद्यार्थीको भिड नहोस् भन्नका लागि अनलाइन कक्षा संचालन गर्ने निर्णय भएको छ, विश्वविद्यालयलाई शान्त बनाउन लागि परेका छौं’–डीन दत्तले भने ।

उनले दोषीलाई कारवाही गरेरै छाड्ने भन्दै अबदेखि विश्वविद्यालयमा भौतिक क्षति गराउने विद्यार्थीहरुलाई नै क्षतिपुर्ती भराउने निर्णय समेत गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>