Breaking News

पल शाहविरुद्ध गैंडाकोटमा जाहेरी दिएकी नाबालिकाको स्वास्थ्य परीक्षण चितवनमा गरिदैँ

Banner

चितवन, फागुन १५–

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी नाबालिकाको स्वास्थ्य परीक्षण चितवनमा गरिँदैछ ।

नवलपुरस्थित इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि १७ वर्षीया गायिकाको भरतपुर अस्पतालमा स्वास्थय परीक्षणकोतयारी भइरहेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप गिरीले पलविरुद्ध जाहेरी दिएकी युवतीको स्वास्थ्य परीक्षणका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाईएको नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले इप्रका गैंडाकोटमा किटानी जाहेरी परेकाले सोही अनुसार अनुसन्धानको प्रक्रिया अघि बढाईएको बताए । ‘घटनास्थल भनिएको गैंडाकोट रिसोर्टमा मुचुल्का उठाई सकेका छौं, स्वास्थ्य परीक्षण पश्चात बाँकी प्रक्रिया अघि बढाउँछौं’–प्रवक्ता गिरीले भने ।

गैंँडाकोट–५, स्थित गैंडाकोट रिसोर्टमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा आज दिउँसो किटानी जाहेरी दिएकी हुन् ।

दिउँसो आफन्तहरूसहित ती गायिका प्रहरी कार्यालयमा पुगेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैँडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । आज (आइतबार) शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>