Breaking News
पल शाहले बलात्कार गरेको भन्दै गैँडाकोटमा अर्को जाहेरी

चितवन, फागुन १५-
अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ ।
गैँडाकोट क्षेत्रमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरमा अर्को किटानी जाहेरी दिएकी हुन् ।
आज (आइतबार) दिउँसो आफन्तहरूसहित ती गायिकाले प्रहरी कार्यालयमा पुगेकी छन् । उनी अहिले पनि प्रहरी कार्यालयमा रहेकी छन् ।
प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैँडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । आज (आइतबार) शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

























