अन्तर्राष्ट्रिय

रुससंग लड्न युक्रेनलाई अमेरिकाले दियो ३५ करोडको सैन्य सहयोग

Banner

न्युयोर्क, फागुन १५–

अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न सो रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

रुससँग भुक्दैनौः जेलेन्स्किी

यसैबीच, युक्रेनी सैनिकहरूले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने बताएका छन् ।

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
शनिबार किभ सहरको दक्षिण पश्चिम क्षेत्रबहिरको एउटा अग्लो आवासीय भवनमा रुसी सेनाले मिसाइल हमला गरेको त्यहाँका मेयरले बताएका छन् । मिसाइलबाट अपार्टमेन्टमा क्षति भएको छ । क्षतिग्रस्त अपार्टमेन्टनजिक दुई विमानस्थल पर्छन् । मिसाइल हमलामा कम्तिमा ६ सर्वसाधरण घाइते भएका छन् ।

यसैबीच, रुसी हमलाका कारण १ लाख २० हजार युक्रेनी विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>