चितवन विशेष

वसन्त पराजुलीको ‘मोम्चो’ माथि परिचर्चा

Banner

चितवन, फागुन १५–

नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्षका विषयमा ‘मोम्चो’ कथा उत्कृष्ठ रहेको साहित्यकार तथा समालोचकहरुले बताएका छन् । शनिबार गैंडाकोटमा आयोजित ‘मोम्चो’ कथा संग्रह माथिको परिचर्चा कार्यक्रममा बोल्दै साहित्यकार एवं समालोचकहरुले कथा भित्रका विषयवस्तुहरुले नेपाली समाजमा भएको तिथो यथार्थतालाई बाहिर ल्याएको बताएका हुन् ।

चितवन साहित्य परिषदकी पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी भोग्यामात्र नभई जननी भएको बताउँदै उनीहरु माथि हुने हिंसा रोक्न यो कथा संग्रह सार्थक बनेको बताइन् । उनले भनिन्–“पृति सतमत्मक प्रवृति उजागर गर्न मोम्चो कथा संग्रह सफल भएको छ । नारी माथि हुने विभेद, अन्याय र अत्याचार जस्ताको तस्तै समाजबाट टपक्क टिपेर राखिनु काथाकारको सबल पक्ष हो ।”

समालोचक डा. एकनारायण पौडेलले यस कथा संग्रह भित्र आन्चलिकता प्रबल मात्रामा देखिएको बताए । खोजमुलक र नारी विषय वस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सिमान्तकृत समुदायमा रहेको चेपाङ्ग समुदायमा रहेको धर्म, संस्कृति, रिति रिवाजलाई टिप्ने काम भएको उनले बताए ।

समिक्षक रमेश प्रभातले कथा भित्रको योन मनोविज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य बस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नु परेको कथामा समेटिएको बताए ।

सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा लेखक वसन्त पराजुलीले नारी प्रधान विषय वस्तुमा लेखिएको मोम्चोमा योन मनोविज्ञान समेत पस्कने प्रयास गरिएको बताए । साहित्यकार गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एल.बी क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यास जस्तो बृहत नहुने बताए ।

भूडि पुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामाहिक विषय विस्तुमा केन्द्रित ११ वटा कथाहरु रहेका छन् । ‘मोम्चो’ कथाकार पराजुलीको दोस्रो कथा संग्रह हो । पराजुली डेढ वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>