चितवन विशेष
लोकतान्त्रिक चेपाङ संघको दोस्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा चितवनकी सुनीमाया
०

चितवन, फागुन १४-
नेकपा एमाले निकट लोकतान्त्रिक चेपाङ संघको दोस्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा चितवनकी सुनीमाया चेपाङ संयोजक चयन भएकी छन् ।
आज चितवनमा सम्पन्न संघको भेलाले २१ सदस्यीय महाधिवेशन आयोजक कमिटी चयन गरेको हो ।
कमिटीको सहसंयोजकमा सन्तबहादुर चेपाङ रहेका छन् । दोस्रो महाधिवेशन कहाँ सम्पन्न गर्ने भन्ने निर्णय भने भइनसकेको नेता लक्ष्मण चेपाङले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘चेपाङहरुको बसोबास चितवनसहित मकवानपुर, धादिङ र गोरखामा रहेको छ । अन्य जिल्लामा पनि छरिएर रहेका चेपाङ समुदायहरुलाई समेट्ने प्रयास राष्ट्रिय महाधिवेशनले गर्छ ।’ विसं २०६८ को जनगणना अनुसार देशकै सबैभन्दा बढी २८ हजार चेपाङ चितवनमा रहेका छन् भने देशभरी चेपाङहरुको जनसंख्या ६८ हजार ३०० रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























