Breaking News

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल हुने

Banner

काठमाडौं, फागुन १४-

प्रतिनिधिसभाको भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

प्रतिनिधिसभा सचिवालयले आइतबारको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

आतइबार प्रतिनिधिसभाको बैठक १ बजे बस्ने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

त्यसअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान भएको उनले बताए । आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७÷७८ पेस गर्नेछन् ।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसिसी)माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने सचिवालयले जनाएको छ । एमसीसीमा सत्ता गठबन्धन तथा प्रमुख विपक्षी गठबन्धनबीच सहमति भइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>